नियम ८७क
समान सुविधा उपलब्ध हुने
जङ्गी कारबाही वा सेना परिचालन भएको बखत सैनिक व्यक्तिको नियम ८३ को उपनियम (६) र (७) को अवस्था परी मृत्यु भएको वा नियम ८५ को अवस्था परी सैनिक व्यक्ति अशक्त भएको भए त्यस्तो “सैनिक व्यक्ति वा निजको परिवारले नियम ८०, ८३, ८५, ८६ र ८७ मा उल्लिखित सुविधा सोही नियममा उल्लेख भए बमोजिम दोहोरो नहुने गरी समान रुपमा पाउनेछन्‌।